Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पपुवा न्यूगिनीविरुद्ध नेपालको शानदार जित, सन्दीप र रोहितको सनसनीपूर्ण प्रदर्शन

काठमाडौं – पपुवा न्यूगिनीबीचको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले शानदार जित निकालेको छ। शुक्रबार भएको दोस्रो खेलमा नेपालले पिएनजीलाई १ सय ५१ रनको फराकिलो अन्तरले हराएको हो।

नेपालले दिएको २ सय ३३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको पिएनजीले १९.१ ओभरमा अलआउट हुँदै मात्र ८२ रन बनाउन सक्यो। उसका लागि टोनी उराले १९ रन, चार्लेस अमिनीले १६ रन बनाए। त्यस्तै, सेसे बाउले ११, नोर्मन भनुआले १२ तथा गउडी टोकाले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालको बलिङमा सन्दीप लामिछाने उत्कृष्ट प्रदर्शन गरे। उनले ५.१ ओभरमा ११ रन दिएर ६ विकेट लिए। सोमपाल कामी, सुशन भारी र बिक्रम सोबले एक–एक विकेट लिए। । पिएनजीका एक खेलाडी रन आउट भएका थिए।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा अलआउट हुँदै २ सय ३३ रन बनाएको थियो। नेपालका लागि रोहित पौडेलले ८६ रनको शानदार पारी खेलेका थिए। ज्ञानेन्द्र मल्लले ४५ रन बनाउँदा करण केसीले ४२ रनको योगदान दिएका थिए।

त्यस्तै नेपालका लागि विनोद भण्डारीले १७, सोमपाल कामीले ११, कुशल भुर्तेल र आशिफ शेखले समान ३–३ रन बनाउँदा कुशल मल्ल एक रनमै आउट भए।
पिएनजीको बलिङमा चाड सोपरले ९ ओभरमा ४५ रन खर्चिएर ३ विकेट लिए। अन्य बलर काबुआ मोरेआ, नोर्म्यान भनुआले समान २–२ विकेट लिए भने चार्लेस अमिनीले एक विकेट लिए।

यसअघि भएको पिएनजीसँगको पहिलो एकदिवसीय खेलमा पनि नेपाल २ विकेटले विजयी भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077