Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

गण्डकी विश्वविद्यालयको डिनमा डा. अधिकारी नियुक्त

गण्डकी । गण्डकी विश्वद्यिालयको डिनमा डा. कपिल अधिकारी नियुक्त भएका छन् । विश्वविद्यालयद्वारा डिन नियुक्तिका लागि उपकुलपति प्रा. डा. नवराज देवकोटाको संयोजकत्वमा गठित समितिले डा अधिकारीलाई डिनमा नियुक्त गरेको हो ।

अमेरिकाबाट भौतिकशास्त्र विषयमा विद्यावारिधि हासिल गरेका डा. अधिकारीले नियुक्तिसँगै शुक्रबार पदबहालीसमेत गरेका छन् । स्थापनाको दुई वर्ष पनि नपुग्दै विश्वविद्यालयका कुलपति, उपकुलपति, रजिष्ट्रार, केही प्रध्यापक र कर्मचारीसहित साइन्स एण्ड टेक्नोलोजी (विज्ञान तथा प्रविधि सङ्काय)को डिन पदमा राष्ट्रिय प्रतिस्पर्धाका आधारमा डा. अधिकारीलाई छनोट गरिएको उपकुलपति देवकोटाले जानकारी दिए।

उनका अनुसार डा. अधिकारीको वैदेशिक अध्ययनको अनुभवले विश्वविद्यालयलाई अध्ययन–अध्ययापनको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077