Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

गोन्जालोको निधनपछि प्रचण्डले भने - तत्कालका लागि क्रान्तिको एउटा मोडेल अन्त्य भयो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पेरु कम्युनिष्ट पार्टीका नेता गोन्जालोको निधनले क्रान्तिको एउटा मोडेल तत्कालका लागि अन्त्य भएको बताएका छन् ।

आइतबार बिहान अध्यक्ष प्रचण्डले सामाजिक सन्जालमार्फत नेता गोन्जालो वैचारिक निष्ठा, त्याग र समर्पणका प्रतिक बनेको भन्दै उनीप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेका छन्।

सन् १९९२ देखि आजीवन काराबासको सजायँ भोग्दै आएका गोन्जालोको जेलमै ८६ वर्षको उमेरमा शनिबार उनको निधन भएको थियो । पेरुमा सशस्त्र क्रान्ति थालेका उनी आतंक फैलाएको आरोपमा जेल परेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077