Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाराबाट नक्कली नोटको कारोबारी गर्ने गिरोह पक्राउ

काठमाडौँ । प्रहरीले बारा र रौतहटबाट नक्कली नेपाली नोटको कारोबार गर्ने गिरोहलाई पक्राउ गरेको छ।

नक्कली नोटको कारोबार हुँदै गरेको थाहा पाएपछि शनिबार प्रहरीको 'स्पेसल टास्क फोर्स' बाराको निजगढ पुगेको थियो । उक्त सूचनाका आधारमा प्रहरीले बाराको होटल ‘तारा इन’बाट ४ जना र रौतहटबाट १ गरी ५ जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरुको साथबाट नेपाली एक हजार दरका नक्कली र सक्कली नोट मिसाएर राखिएको ९३ लाख रुपैयाँ बरामद गरिएको छ। साथै, उनीहरुले प्रयोग गर्ने बा १४ च ९३८२ नम्बरको स्कारपियो गाडी पनि प्रहरीले नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

पक्राउ परेका व्याक्तिहरुको परिचय भने प्रहरीले गोप्य राखेको छ । प्रहरीका अनुसार, भारतमा नेपाली एक हजार दरको नक्कली नोट छापेर प्रदेश २ मा ल्याएर कारोबार गर्ने गिरोह नै पक्राउ परेको हो ।

यता होटल तारा इनका सञ्‍चालकका अनुसार पक्राउ परेका मध्ये केही व्यक्ति विगत ३ वर्ष देखि होटलको नियमित ग्राहक थिए । उनीहरुले आफूहरुलाई जग्गाको  काराेबारी भएको परिचय दिएका थिए।

पक्राउ परेका अभियुक्तहरुलाई केही बेरमा सार्वजनिक गरिने तयारी भैरहेको प्रहरी प्रवक्ता बसन्त कुँवरले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077