Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

सभामुख सापकोटाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं । प्रतिनिधिसभामा जारी अवरोध हटाउने बिषयमा छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठकको आह्वान गरेका छन् ।

बैठक सोमबार दिउँसो २:३० बजे बस्ने गरी आह्वान गरिएको सभामुखको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार सर्वदलीय बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से भवनमा बस्ने छ।

गत बुधबारदेखि सुरु भएको संघीय संसदको नवौं अधिबेशन अन्तर्गतको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर अवरोध गर्दै आएको छ । एमालेका सांसदहरुको नाराबाजीकैबीच यसअघि बुधबारको बैठकमा राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने ल्याएको अध्यादेश पेस भएको थियो ।

यस्तै, शुक्रबारको बैठकमा बजेटसम्बन्धी अध्यादेश स्वीकृत भएका थिए भने अर्थमन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न विधेयक पेस गरेका थिए।

प्रतिनिधिसभाको बैठक आगामी मंगलबारसम्मका लागि स्थगित भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077