Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • इजरायल जान चाहनेहरुको लिखित परीक्षा आज

    इजरायल जान चाहनेहरुको लिखित परीक्षा आज

    अनलाइन नेपाल
  • सोमबार, २८ भाद्र २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । रोजगारीका लागि इजरायल जान चाहने श्रमिकहरुको लिखित परिक्षा आज दिउँसो १ बजेदेखि हुने भएको छ । परीक्षाका लागि काठमाडौंका विभिन्न ११ वटा स्थानमा गरेर १६ वटा केन्द्रहरु तोकिएको बैदेशिक रोजगार बिभागले जनाएको छ ।

    यसअघि विभागले प्राप्त ९ हजार ६९९ आवेदनको रुजु गरिसकेपछि लिखित परिक्षाको मिति सार्वजनिक गरेको थियो । विभागका अनुसार श्रमिकका लागि लिइने लिखित र मौखिक परीक्षा लोकसेवा आयोगले अवलम्बन गरेको ‘म्यारिट बेस’ का आधारमा लिइने छ ।



    यस्तै, विभागले उक्त परीक्षा स्वास्थ्य मापदण्ड पालना गर्दै भौतिक उपस्थितिमा स्वतन्त्र, निष्पक्ष र मर्यादित ढंगले संचालन हुने र रिजल्ट दुईदिन भित्रै निकालिने जनाएको छ । जसमध्ये इजरायल जान ९ हजार ६९९ बढीले आवेदन दिएकोमा करिब २ हजारको आवेदन अस्वीकृत भएको विभागले जनाएको छ।



    लिखित परीक्षामा उत्तीर्ण हुने उम्मेदवारको अन्तवार्ता समेत लिइने छ । इजरायलले एक हजार जना नेपालीलाई केयर गिभर(सुसारे)का रुपमा लान लागेको हो । जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष जान पाउनेछन् । उनीहरुले इजरायलमा मासिक डेढ लाख रुपैयाँभन्दा बढी तलब पाउने बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार