Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गीत हिट भएपछि विष्णु माझीलाई किन खोज्यो प्रहरीले ?

    गीत हिट भएपछि विष्णु माझीलाई किन खोज्यो प्रहरीले ?

    अनलाइन नेपाल
  • सोमबार, २८ भाद्र २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले चर्चित लोकगायिका विष्णु माझीको अवस्थाबारे खोजी गर्न आग्रह गरेपछि नेपाल प्रहरी माझीको खोजीमा जुटेको छ । माझीको पछिल्लो गीत ‘चरी जेलैमा’ सुपरहिट भएसँगै राष्ट्रिय मानवअधिकार आयोगमाथि नै प्रश्न उठाउँदै सामाजिक सञ्जालमा माझीको विषयमा विभिन्न चर्चा हुँदै आएका छन् ।

    आयोगले आइतबार माझीको माइती जिल्ला स्याङ्जास्थित जिल्ला प्रशासन र प्रहरी कार्यालयहरुलाई उनको अवस्था बुझ्न मौखिक निर्देशन दिएको थियो । सोही अनुसार जिल्ला प्रहरी कार्यालय स्याङ्जाले माझीको अवस्थाका बारे बुझ्न माइतीमा प्रहरी टोली पठाएको थियो ।



    माझीको खोजीमा भने प्रहरी पूर्ण रुपमा जुटिनसकेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एक प्रहरीले बताए । किनकी उनको निजी जीवनबारे चासो राख्नु उपर्युक्त नभएको प्रहरीको भनाई छ ।



    आयोगको मौखिक निर्देशनपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एवं एसपी होविन्द्र बोगटीले आइतबार गायिका माझीको माइतीघरमा स्थाानीय प्रहरी टोली पठाएको स्वीकारेका छन् । माझीको अवस्थाबारे बुझ्न एक वर्ष अगाडि नै मानवअधिकार आयोगबाट पत्र आएको एसपी बोगटीले बताए ।

    अहिले गीत एकाएक हिट भएपछि मानवअधिकार आयोगले चासो देखाउनु र प्रहरीले खोजी गर्नुलाई अनौठोको रुपमा लिइएको छ । माझीलाई उनकै श्रीमान सुन्दरमणि अधिकारीले लुकाएर राखेको भन्दै सामाजिक सञ्जालमा चर्चा÷परिचर्चा भएपनि त्यसको आधिकारीक पुष्टि हुन सकेको छैन । माझीले नै आफ्नो निजी जीवनबारे टिकाटिप्पणी नगर्न पहिले नै आग्रह गरेकी थिइन् ।

    माझीका श्रीमान सुन्दरमणिले लेखेका र संगीत भरेको गीत चरी जेलैमा कतै माझीकै जीवनमा त आधारित छैन ? भन्ने पश्न पनि उठिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार