Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

सीमामा हुने लागूऔषध र मदिराको कारोबार रोक्न नेपाल-भारत सहमत

जनकपुरधाम । नेपाल-भारतसीमामा हुने अवैध लागूऔषध र मदिराको कारोबार नियन्त्रण गर्ने सहमति भएको छ ।

सोमबार नेपाल-भारत सीमाका सुरक्षा अधिकारीहरूको संयुक्त बैठकले नेपालको तर्फबाट मदिरा र भारतको तर्फबाट लागूऔषध नियन्त्रण गर्ने सहमति भएको हो ।

जनकपुरमा नेपालको तर्फबाट प्रदेश–२ का चार जिल्ला र भारतको तर्फबाट बिहारका केही जिल्लाका सुरक्षा अधिकारीको सहभागितामा उक्त बैठक बसेको थियो।

सुरक्षा अधिकारीका अनुसार बैठकमा आगामी २९ सेप्टेम्बरदेखि बिहारमा हुन लागेको ग्राम पञ्चायतको निर्वाचनको ४८ घण्टा अघिदेखि दुबै देशको सीमा सिल गर्ने पनि निर्णय भएको छ ।

बैठकमा सप्तरी, सिरहा, धनुषा र महोत्तरीका सुरक्षा अधिकारी तथा भारतको दरभंगा र मधुवनीका सुरक्षा अधिकारीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077