Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

प्रचण्डले भने - संविधान संशोधनका लागि सडकमा जानुपर्ने हुनसक्छ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्डले' संशोधन गर्नुपर्ने प्रस्ताव गरेका छन्।

बुधबार पार्टीका तत्कालीन उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्मृति दिवसमा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले संविधान बनाउने बेला नै आफूहरुले फरक मत राखेको भन्दै संविधान संशोधन गर्नुपर्ने बताए।

कार्यक्रममा अध्यक्ष प्रचण्डले आफूहरु राजनीतिक दलहरुबीच सहमति गरेर अघि बढ्न चाहेको तर कतिपय दलहरुले त्यसलाई बेवास्ता गरेको भन्दै आवश्यक परे सडकमा निस्किन बाध्य हुनुपर्ने बताए।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अहिले माओवादीका माथिल्लो तहका नेताहरु बिग्रिएकोमा स्वीकार गर्दै भने, माथिल्लो तहका नेताहरुले गल्ती गरेपनि जनता र कार्यकर्ताहरु भने गलत नभएको बताए।

सम्बोधनमा दिवंगत नेता बोगटीलाई पटकपटक स्मरण गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकताको प्रतिकको रुपमा उनको भूमिका रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077