Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण लगत्तै २ वडा ब्यालेस्टिक मिसाइल प्रहार

काठमाडौं । नयाँ मिसाइल परीक्षण गरेको २ दिनपछि उत्तर कोरियाले आफ्नो इस्ट कोस्टमा २ वटा ब्यालेस्टिक मिसाइल हानेको छ ।

दक्षिण कोरियाली सेनाका अनुसार बुधबार उत्तर कोरियाले उक्त मिसाइल प्रहार गरेको हो। बिगत ६ महिनायता हतियार परीक्षणमा रहेको उत्तर कोरियाले २ दिनअघिमात्र नयाँ मिसाइल परीक्षण गरेको थियो।

दक्षिण कोरियाका एक अधिकारीले जारी गरेको वक्तव्यमा उत्तर कोरियाले हानेको मिसाइल कोरियाली प्रायद्वीपको इस्ट कोस्टबाट समुद्रतिर गएको उल्लेख गरेको छ।

गत सोमबार उत्तर कोरियाले नयाँ प्रकारको लामो दूरीमा प्रहार गर्न सकिने क्रुज क्षेप्यास्त्रको सफल परीक्षण गरिएको जनाएको थियो। उक्त क्षेप्यास्त्रले जापानको धेरै भागमा प्रहार गर्न सक्ने उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले जनाएका थिए।

दुवै क्षेप्यास्त्र १,५०० किलोमिटर टाढासम्म पुग्न सक्ने उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077