Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एमालेको विधान महाधिवेशनको लोगो सार्वजनिक, ३ हजार प्रतिनिधिले भाग लिँदै

    एमालेको विधान महाधिवेशनको लोगो सार्वजनिक, ३ हजार प्रतिनिधिले भाग लिँदै

    अनलाइन नेपाल
  • बुधबार, ३० भाद्र २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले प्रथम विधान महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। एमालेले बुधबार दिउँसो सामाजिक सञ्जालमार्फत उक्त लोगो सार्वजनिक गरेको हो ।

    लोगो सार्वजनिक गर्दै एमालेले विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिको समेत टुंगो लगाएकाे जानकारी गराएकाे छ ।यसअघि गत शनिबार बसेको स्थायी कमिटीको बैठकले करिब तीन हजार प्रतिनिधिको टुंगो लगाएको हो ।



    जसअन्तर्गत महाधिवेशनमा भाग लिन पाउने प्रतिनिधिहरु यसप्रकार छन्।



    १. केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य

    २. अनुशासन आयोगका पदाधिकारी र सदस्य

    ३. लेखा परीक्षण आयोगका पदाधिकारी र सदस्य

    ४. निर्वाचन आयोगका पदाधिकारी र सदस्य

    ५. केन्द्रीय विभागका सचिवसहित १५ सदस्य

    ६. सल्लाहकार परिषदका पदाधिकारी र सदस्य

    ७. जेष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी र सदस्य

    ८. प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्य

    ९. विशेष कमिटीका पदाधिकारी र सदस्य

    १०. जिल्ला कमिटीका पदाधिकारी र सदस्य

    ११. निर्वाचन क्षेत्रबाट महिला, दलित खुला एक सदस्य

    १२. जनसंगठनका पदाधिकारीमध्येबाट १० जना

    १३. पार्टी सदस्य रहेका संघीय संसदका सदस्य

    १४. पार्टी सदस्य रहेका प्रदेशसभा सदस्य

    १५. एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख

    १६. एकता प्रक्रिया र विभिन्न ठाउँबाट छुटेका १० प्रतिशत मनोनीत रहनेछन् ।

    आगामी १५–१७ असोजमा ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एमालेको पहिलो विधान महाधिवेशन आयोजना हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार