Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारद्वारा ‘राष्ट्रिय भूमि आयोग, २०७८’ गठन

काठमाडौं । सरकारले ‘राष्ट्रिय भूमि आयोग, ०७८’ गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुकुम्बासी समस्या समाधानका लागि सो आयोग गठन गरेको हो।

त्यस्तै नवगठित आयोगको अध्यक्षमा केशव निरौला र उपाध्यक्षमा नहेन्द्र खड्कालाई नियुक्त गरिएको छ। निरौला र खड्काले बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शपथ लिएका छन्।

आयोग र अन्य पदाधिकारीका विषयमा अहिले धेरै जानकारी गराइएको छैन। अध्यक्ष नियुक्त भएका निरौला कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य थिए। उनी नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय अध्यक्ष समेत हुन्।

देउवा सरकारले यसअघि केपी ओली नेतृत्वको सरकारले देवी ज्ञवालीको अध्यक्षतामा सुकुम्बासी समस्या समाधान आयोग खारेज गरिदिएको थियो। उक्त आयोग खारेजीपछि एमालेले त्यसको देशव्यापी विरोध गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077