Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रियल मड्रिडले इटालियन च्याम्पियनलाई हरायो

एजेन्सी – युईएफए च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेलमा रियल मड्रिडले इटालियन च्याम्पियनलाई हराएको छ। बुधबार राति भएको खेलमा रियलले इन्टर मिलानलाई १–० गोलले पराजित गरेको हो।

इन्टरको घरमा भएको खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक भएको थियो। सन सिरोमा घरेलु टोलीले रियलमाथि दबाब बनाए पनि जित हासिल गर्न सकेन। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

दुबै टोलीले केही राम्रा आक्रमणहरु बुनेपनि गोल गर्न सकिरहेका थिएनन्। गोलरहित बराबरीतिर लम्किएको खेलको ८९ औं मिनेटमा रियलले गोल गर्न सफल भयो। उसका लागि रोड्रिगोले गोल गरेका थिए।

वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनले खेल सकिन एक मिनेट बाँकी हुँदा गोल गर्दै रियलको जित पक्का गरे। सोही समुहको अर्को खेलमा माल्डोभनको क्लब सेरिफ तिरास्पोले युक्रेनको सख्तर डोकेस्कलाई २–० ले हरायो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077