Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेमा माधव नेपालको भूमिका अझै आवश्यक : अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेकी उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पार्टी विभाजनले कसैको हित नगर्ने बताएकी छिन्।

बिहीबार एमालेले आयोजना गरेको जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष शाक्यले सुदृढ एमाले बनाउन सबैले मन फराकिलो बनाउनुपर्ने र विभाजनले कसैको हित नगर्ने बताइन्।

कार्यक्रममा मुख्यमन्त्री शाक्यले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रोजेको बाटो गलत रहेको भन्दै पुन एमालेमै फर्किन आग्रह समेत गरिन्।

उनले भनिन्, '‘मेरो प्रस्ट धारणा छ । माधव नेपालले लिएको बाटो ठिक होइन, अहिले फुटको होइन, जुटको राजनीति र सुदृढ एमालेको आवश्यक्ता छ’, शाक्यले थपिन, 'माधव नेपाल हाम्रो नेता हो, तर, आज जीवन त्याग गरेको पार्टी छोडेर आन्दोलन अघि बढाउँछु भन्नुभएको छ यो ठिक होइन, फेरि समिक्षा गर्नुस्, फर्केर आउनुस्, तपाईको भुमिका एमालेमा अझै आवश्यक छ ।’

यस्तै, उनले पार्टीमा पछिल्लो समय विचारमा पनि विचलन आएको बताउदै भनिन्, ‘खासगरी नवौं महाधिवेशनपछि व्यवस्थित वैचारिक प्रशिक्षण गर्न सकेनौं । जब प्रशिक्षण र वैचारिक छलफलको अभाव भयो, कमिटी अराजकतातिर गयो, उनले भनिन्, ' विचार शून्य भएपछि हामी गुटबन्दीको शिकार भयौं।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077