Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मदन भण्डारीको हत्या गरिएको थियो : रामबहादुर थापा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वगृहमन्त्री रामबहादुर थापा 'बादल'ले मदन भण्डारीको हत्या भएको बताएका छन् ।

बिहीबार एमालेले आयोजना गरेको जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा नेता बादलले मदन भण्डारीको हत्या भएको भन्दै त्यसको पछाडि राजनीतिक कारण रहेको बताए।

कार्यक्रममा उनले प्रश्न गरे, 'मदन भण्डारीको किन हत्या गरियो ? ’प्रश्नको उत्तरमै उनले भने, ‘यसका पछाडि राजनीतिक कारण छ,’ किनकी, मदन भण्डारी राजतन्त्रको विरुद्धमा र गणतन्त्रको पक्षमा हुनुहुन्थ्यो ।

पूर्वगृहमन्त्री समेत रहेका बादलले जबजको ब्याख्या गर्दै भण्डारीको विचारले कम्युनिष्ट आन्दोलनमा नयाँ जग बसालेको बताए। पछिल्लो समय नेकपा माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेका बादलले कम्युनिस्ट पार्टीलाई सत्ताबाट हटाएर षड्यन्त्र भएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077