Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • दसैंमा घर कसरी जाने भनेर सोच्दै हुनुहुन्छ ? हेर्नुहोस् यसरी हुँदैछ यातायात व्यवस्थापन

    दसैंमा घर कसरी जाने भनेर सोच्दै हुनुहुन्छ ? हेर्नुहोस् यसरी हुँदैछ यातायात व्यवस्थापन

    अनलाइन नेपाल
  • शनिबार, २ असोज २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालीहरूको मुख्य पर्व दसैं नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट गाउँ जानेहरूका लागि सरकारले यातायातको सहज व्यवस्था गर्ने भएको छ। त्यसका लागि आगामी १० असोजबाट अग्रिम टिकट बुकिङ खुला गरिने तयारी गरिएको छ।

    दसैंमा घर जानेहरूको भिडभाड हुने भएकाले सरकार र यातायात व्यवसायीहरूद्वारा अग्रिम टिकट बुकिङ खुलाएर व्यवस्थापन गर्ने तयारी गरिएको हो। दसैंमा अग्रिम टिकट बुकिङ खुलाउने विषयमा शुक्रबार व्यवसायी र सरकारी प्रतिनिधिबीच यातायात व्यवस्था विभागमा छलफल भएको छ।



    सो छलफलमा विभाग र सार्वजनिक यातायात केन्द्रीय महासंघबीच दसैंमा उपत्यकाबाहिर जानेहरूका लागि अग्रिम टिकट बुकिङ १० असोजदेखि खुलाउने विषयमा सहमति भएको विभागले जनाएको छ। महासंघका अध्यक्ष डोलनाथ खनालले आफूहरू अग्रिम टिकट बुकिङ खुला गर्न सहमत भएको बताए।



    महासंघमा करिब सयवटा कम्पनी आबद्ध छन् र एक तिहाइ बस उपत्यकाबाहिर लामो रुटमा चल्ने गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँग भने दसैंमा अग्रिम टिकट बुकिङ खुलाउने विषयमा सहमति हुन बाँकी छ। त्यसका लागि पुनः छलफल गरिने भएको छ।

    सो महासंघसँग समेत सहमति गर्नेगरी सरकारी पक्षले आवश्यक गृहकार्य अघि बढाएको छ। कोभिड–१९ को महामारी सुरु हुनु अघि विगतका वर्षहरूमा दसैं सुरु हुनुभन्दा १५ देखि एक महिना अघि नै अग्रिम टिकट बुकिङ खुलाउने गरिँदै आएको थियो। यो समाचार राजधानी दैनिकमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार