Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • स्वयम्भु मञ्जुश्री यातायातको अध्यक्षमा छिरिङ शेर्पा

    स्वयम्भु मञ्जुश्री यातायातको अध्यक्षमा छिरिङ शेर्पा

    अनलाइन नेपाल
  • शनिबार, २३ मंसिर २०८०
  • 585
    SHARES

    चितवन। स्वयम्भु मञ्जुश्री यातायात प्रालिको अध्यक्षमा पुनः छिरिङ शेर्पा निर्वाचित भएका छन् ।

    चितवनमा भएको दोस्रो अधिवेशनबाट शेर्पा पुनः अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।



    सञ्चालक सदस्यहरूमा नीर कुमार मोक्तान, लाक्पा शेर्पा, शम्भु अधिकारी, भरत तिमिल्सिना,वसन्त भण्डारी, बलराम बराल,पासाङ तामङ्ग, ठुलाइ तामाङ, विष्णु बहादुर श्रेष्ठ, राम कृष्ण खडका र लेखा संयोजकमा नगेन्द्र पौडेल सर्वसम्मत निर्वाचित भएका छन्।



    नेपालबाट भारतका विभिन्न स्थानमा मैत्री बस सेवा सञ्चालन गरिरहेको यातायात प्रालीको अघिल्लो कार्यकालको टिम नै चयन भएको हो। स्वयम्भू–मञ्जुश्रीले नेपाल–भारत मैत्री सेवा पनि सञ्चालन गरिरहेको छ ।

    २०५६ सालदेखि काठमाडौंबाट दिल्ली यात्रु बस सञ्चालन गर्दै आएको कम्पनीले सन् २०१४ देखि सरकारी स्तरबाट समेत नेपाल–भारत नियमित मैत्री बस सेवा उपलब्ध गराउँदै आएको छ ।

    नेपाल भारत यात्रु मैत्री बस सेवा सञ्चालनमा भारत सरकारको तर्फबाट उत्तर प्रदेश परिवहन निगम र विहार राज्य पथ परिवहन निगमसँग सम्झौता गरी सेवा संञ्चालन गर्दै आएको छ ।

    कम्पनीले हाल काठमाडौंदेखि भारतको दिल्ली,पटनाबोधगया,बनारस र जनकपुरदेखि पटना बोधगयामा सिधै बस सेवा सञ्चालन गरिरहेको अध्यक्ष शेर्पाले बताए ।

    स्वयम्भू–मञ्जुश्रीले नेपाली यात्रुहरूलाई निरन्तर सुरक्षित र आरामदायी सेवा प्रवाह गर्दै आइरहेको छ । आगामी दिनमा भारतका अन्य क्षेत्रमा पनि सेवा विस्तार गर्ने योजना रहेको अध्यक्ष शेर्पाले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार