Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • भारतमा कार तथा बसमा सिट बेल्ट अनिवार्य

    भारतमा कार तथा बसमा सिट बेल्ट अनिवार्य

    अनलाइन नेपाल
  • बुधबार, २२ भाद्र २०७९
  • 645
    SHARES

    एजेन्सी । भारत सरकारले सडक यातायातका क्रममा कार तथा बसमा सिट बेल्ट लगाउन अनवार्य गरेको छ । कार तथा बसको अगाडि बस्ने सबै जनाले सिट बेल्ट लगाउनु अनिवार्य भएको हो ।

    यदि कार तथा बसमा यात्रा गरिहेका व्यक्तिले सिट बेल्ट नलगाएको पाइएमा उनीहरूलाई कडा कारबाही गरिने नियम ल्याएको भारतीय केन्द्रीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले बताए ।



    भारतका एक जना प्रसिद्ध उद्योगी व्यवसायी सिरस मिस्त्रीको गएको मङ्गलवार कार दुर्घटनामा परेर ज्यान गएको थियो । भारतको मुम्बईमा उनको ज्यान गएको एक दिनपछि भारतको केन्द्रीय सरकारले सिट बेल्ट लगाउनुपर्ने नियमको घोषणा गरेको हो ।



    कार दुर्घटनाका क्रममा मिस्त्री आफ्नो कारको चालकसँगैको सिटमा बसेका र उनले सिट बेल्ट नबाँध्नुभएको भारतीय प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार