Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • यातायात क्षेत्रको समस्या तत्काल समाधान गर्ने उच्चस्तरीय कार्यदलको निर्णय

    यातायात क्षेत्रको समस्या तत्काल समाधान गर्ने उच्चस्तरीय कार्यदलको निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, २ फाल्गुन २०७९
  • 432
    SHARES

    फाइल तस्विर

    काठमाडौं । यातायात क्षेत्रमा देखिएको समस्या समाधानका लागि बनेको उच्चस्तरीय कार्यदलको बैठकले यातायातका समस्या समाधान गर्ने निर्णय गरेको छ ।

    यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतमको संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।



    बैठकमा यातायातका समस्या समाधान तत्काल सम्बोधन गर्ने र दीर्घकालीन रुपमा सम्बोधन गर्नसक्ने मागबारे सूची बनाएर अगाडि बढ्ने सहमति भएको छ ।



    नेपाल यातायात मजदुर संघका महासचिव नूरनाथ पन्तले बैठकमा यातायात क्षेत्रमा देखिएको समस्या तत्काल सम्बोधन गर्न सकिने र दीर्घकालीन रुपमा गर्न सकिने बारेमा यातायात व्यवसायी र यातायात मजदुरबीच बसेर साझा धारणा बनाएर बिहीबारको कार्यदल बैठकमा पेश गर्ने निर्णय भएको जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार