Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आईएसकी पूर्व जिहादी दुलहीले भनिन्, ‘एक मौका दिए आईएसको रणनीतिबारे सबै जानकारी दिन्छु’

    आईएसकी पूर्व जिहादी दुलहीले भनिन्, ‘एक मौका दिए आईएसको रणनीतिबारे सबै जानकारी दिन्छु’

    अनलाइन नेपाल
  • शनिबार, २ असोज २०७८
  • 2K
    SHARES

    एजेन्सी । इस्लामिक स्टेटकी जिहादी दुलही’ शमीमा बेगमले यस आतंकवादी संगठनमा सामेल भएकोमा आफूलनई जीवनभर पछुतो हुने बताएकी छिन्। तर, उनले आतंकवादविरुद्ध लड्न बेलायतको मद्धत गर्ने चाहेको उल्लेख गरेकी छिन्।

    उनले बीबीसीसँगको कुराकानीमा आफू समाजका लागी उपयोग हुन सक्ने र उनलाई सिरियाली राहत शिविरमा सड्न दिनु बेकार भएको जानकारी दिएकी छिन्।



    २२ वर्षीया शमीमामाथि कथित इस्लामिक चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस) मा सक्रिय भूमिका खेलेको आरोप छ। यद्यपि उनी यसलाई अस्वीकार गर्छिन्। बेलायतका तत्कालीन गृहमन्त्री साजिद जावेदले राष्ट्रिय सुरक्षाको आधारमा शमिमा बेगमको ब्रिटिश नागरिकता खारेज गरेका थिए। जावेद अझै पनि त्यो निर्णयमा अडिग छन्।



    यसअघि १५ वर्षको उमेरमा शमीमा बेगम पूर्वी लन्डनबाट दुई अन्य स्कुल छात्राहरुसँग बेलायत छोडेर सिरिया गएकी थिइन्। त्यहाँ गएपछि उनीहरु सबै आईएसमा सामेल भए। उनी बंगलादेशी मूलकी बेलायती नागरिक हुन्।

    त्यहाँ उनी एक डच आतंकवादीसँग विवाह गरिन् र तीन वर्षभन्दा बढीको लागी आईएस शासनको अधीनमा रहिन्। २०१९ मा उनी सिरियाको एउटा शरणार्थी शिविरमा नौ महिनाकी गर्भवती रहेको अवस्थामा भेटिएकी थिइन्। तर उनको बच्चाको मृत्यु पछि निमोनियाबाट भयो। शमीमाले आफूले त्यसअघि नै दुई बच्चा गुमाएको बताइन्।

    शमीमाले यसअघि २०१७ मा आईएसले म्यानचेस्टर एरिनामा गरिएको हमलाको बारेमा यो आईएस क्षेत्रहरुमा गरिएको जस्तै हमला भएको बताएकी थिइन्। उनले उक्त आतंकवादी हमलालाई आईएसको प्रतिशोध भनेकी थिइन्। भने। उक्त हमलामा २२ जनाको मृत्यु भएको थियो।

    ‘म सधैं आफैंलाई घृणा गर्नेछु’

    बीबीसी संवाददाता जोश बेकरले विश्वमा नरसंहार र हत्या गरिरहेको एक समूहको हिस्सा बन्दा कस्तो महसुस भयो भनेर उनलाई प्रश्न गरेका छन्। जवाफमा उनले यसबारेमा सोच्दा आफू निकै चिन्तित हुने बताएकी छिन्। आफ्नो निर्णयका कारण आफैंमा घृणा जागेको उनी सुनाउँछिन्।

    एक अन्तर्वार्तामा शमीमा बेगमले अब उनी आफ्नो साँचो भावनाहरुको बारेमा मात्र कुरा गर्न सहज महसुस गर्छिन्।

    बीबीसीका एक संवाददाताले उनलाई आईएसको अवस्था खस्किएपछि विचार बदलेको हो भनरे सोधेका थिए। जवाफमा उनले, “आईएसको बारेमा मेरो यो राय धेरै समयपहिले नै थियो। म एक लामो समयका लागी आईएसको बारेमा यो राय थियो, तर अबअहिले मेरो सच्चा राय व्यक्त गर्न सहज महसुस गरिरहेको छु’’ भनिन्।

    शमीमाले यदि आफूलाई बेलायत फर्कने अनुमति दिइयो भने उनी मानिसहरुलाई सिरिया ल्याउन आईएसको रणनीतिबारे सरकारलाई सुझाव दिन सक्ने बताइन्। उनले इस्लामिक स्टेटले कट्टरपन्थी हुन चाहने मानिसहरुसँग गर्ने कुराकानी र बनाउने रणनीतिबारे आफूले सरकारलाई जानकारी दिन सक्ने पनि उल्लेख गरेकी छिन्।
    उनी यसो गर्नु आफ्नो मान्छिन् र अरु कुनै केटीको जीवन बर्बान नहोस् भन्ने चाहन्छन्।

    ‘मलाई मात्र एक मौका दिनुहोस्’

    “म आफूले गरेको कामको लागी अरु कसैलाई भन्दा आफैंलाई धेरै घृणा गर्दछु। म मलाई माफगर्नुहोस् मात्र भन्न सक्छु। मलाई मात्र एक मौका दिनुहोस्,’’ उनले भनिन्।

    “आईएसमा फर्कनुको सट्टा मर्न चाहन्छु। मेरो अपराध यो मात्र हो कि मैले कसैलाई पनि आईएसमा सामेल हुनेबारे जानकारी दिएको थिइँन,’’ उनले भनिन्।

    शमीमा बेगम परीक्षणको सामना गर्न चाहन्छिन्। यस सन्दर्भमा उनले अदालतमा गएर आरोपको सामना गर्ने र त्यसको खण्डनका लागि तयार रहेको बताइन्। आफूले आईएसमा हुँदा आमा र श्रीमती हुनु बाहेक अरु केही पनि नगरेको उनले जानकारी दिइन्।

    तर सरकारले उनलाई बेलायत फर्कन नदिने बताएको छ। वर्तमान स्वास्थ्य मन्त्री र पूर्व गृहमन्त्री साजिद जावेदले नागरिकताका लागि शमीमा बेगमलाई फर्कन र मुद्दा लड्न दिने कुनै सम्भावना नरहेको बताएका छन्। उनले गुड मोर्निंग बेलायतलाई शमीमाको यूके नागरिकता खारेज गर्ने निर्णय नैतिक रूपमा उचित रहेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार