Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सिरिया द्धन्द्ध : अमेरिकी कारबाहीमा इस्लामिक स्टेटका वरिष्ठ नेता मारिएको दावी

    सिरिया द्धन्द्ध : अमेरिकी कारबाहीमा इस्लामिक स्टेटका वरिष्ठ नेता मारिएको दावी

    अनलाइन नेपाल
  • शुक्रबार, २१ माघ २०७८
  • 1.8K
    SHARES

    एजेन्सी । इस्लामिक स्टेट (आईएस) समूहका एकजना वरिष्ठ उपप्रमुख मारिएको अमेरिकाले दावी गरिएको छ । उत्तरी सिरियामा अमेरिकाले गरेको एउटा कारबाहीमा आईएस समूहका नेता अबु इब्राहिम अल-हाशिमी अल-कुरेशी मारिएको बताइएको छ ।

    अमेरिकी कारबाहीमा आफू बच्न नसक्ने अवस्थामा पुगेपछि आईएस समूहका नेता अल(कुरेशीले एउटा आत्मघाती विस्फोटन गराएर आफू र आफ्नो परिवारको ज्यान लिएको बुझिएको छ ।



    अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त कारबाहीका क्रममा सर्वसाधारणलाई सकेसम्म जोगाउने कोसिस गरिएको बताएका छन् ।



    गोलाबारीपछि अमेरिकी विशेष दलका सैनिकहरूले अबु इब्राहिमलाई उनी लुकेको स्थानमा घेरा हालेका थिए । त्यसपछि उनले आफैँले विस्फोटन गराएर आफू र परिवारको ज्यान लिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार