Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जिउँदै मरेकी यी अभिनेत्री ! यसरी सुनाइन् पीडा

एजेन्सी – केही दिनदेखि बिगबोस फेम तथा हरियाणवीको नृत्यगंना सपना चौधरीको निधनको खबर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

उनको हरियाणाको सिरसामा सडक दुर्घटनामा उनको मृ,त्यु भएको दाबी गरिएको थियो। सामाजिक सञ्जालमा उनको मृत्युमा श्रदाञ्जली दिनेहरु पनि धेरै थिए।

उनको मृत्युको खबरले परिवार तथा आफन्त स्तब्ध भए। तर उनको यो मृत्यु साचो नभएर अफवाह मात्र थियो। उनी हालसम्म जिउँदै छिन्। पछिल्लो समय एक अन्तर्वाताको क्रममा सपना चौधरीले निधनको अफवाहले आफ्नो परिवारलाई धेरै चोट पुगेको बताएकी छिन्।

उनले आफैले परिवारलाई आफु जिउँदै भएको बताउँदै सम्झाउन नै गाह्रो परेको बताइन्। आफ्नो पेशामा अनेक तरहका अफबाहसँग जुध्न पर्ने उनको भनाई थियो।

आफ्नो कारणले गर्दा परिवारमा पनि धेरै गाह्रो हुने उनले तर्क गरिन्। सपना हरियाणवी नृत्य र स्टेज शो को कारण चर्चित छिन्। उनले २०२० मा विवाह गरेकी हुन्। उनको एक छोरा पनि छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077