Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

संविधानको कार्यान्वयनका लागि न्यायालय क्रियाशील रहन्छ : प्रधानान्यायाधीश

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संविधान दिवसको शुभकामना दिँदै संविधानको कार्यान्वयनका लागि न्यायालय क्रियाशील रहने बताएका छन्। प्रधानन्यायाधीश जबराले संवैधानिक गतिरोध अन्त्यका लागि न्यायालयले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको पनि उल्लेख गरेका छन्।

संविधानको कार्यान्वयनका लागि न्यायालय क्रियाशील रहने प्रतिवद्धतासमेत उनले व्यक्त गरेका छन्। ‘संविधान, संविधानवाद एवं संवैधानिक मूल्य मान्यतालाई आत्मबोध गर्दै संवैधानिक जिम्मेवारी तथा नागरिकप्रतिको उत्तरदायित्वको भावनाका साथ न्याय निरुपणको माध्यमबाट संवैधानिक गतिरोध अन्त्यका लागि न्यायपालिकाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ,’ शुभकामना सन्देशमा भनिएको छ।

संविधानको कार्यान्वयनका लागि न्यायालय सक्रिय रहनेसमेत प्रधानन्यायाधीश जबराले जानकारी गराए। ‘नेपालको संविधानले प्रत्याभूत गरेको सक्षम न्यायपालिका तथा विधिको शासनको मर्म एवं भावनाअनुरुप संविधानको कार्यान्वयनका लागि न्यायपालिका सधैं क्रियाशील रहने विश्वास समेत दिलाउन चाहन्छु,’ उनको सन्देशमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077