Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • कोठाभित्र मृतावस्थामा भेटिइन् रोजिना : सासु, आमाजु र जेठानीले कुटपिट गरेको बहिनीको आरोप

    कोठाभित्र मृतावस्थामा भेटिइन् रोजिना : सासु, आमाजु र जेठानीले कुटपिट गरेको बहिनीको आरोप

    अनलाइन नेपाल
  • सोमबार, ४ असोज २०७८
  • 2.5K
    SHARES

    विराटनगर । मोरङमा एक युवती आफ्नै कोठाभित्र मृतावस्थामा फेला परेकी छन् ।

    जिल्लाको सुन्दरहरैँचा–८ सलकपुरकी २४ वर्षीया रोजिना गिरी कोठाभित्र चुकुल लगाएको अवस्थामा मृत फेला परेकी हुन् ।



    शनिबार साँझ सलकपुर बजार घुमेर फर्किएकी युवतीको शव आइतबार बिहान सलको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको मोरङ प्रहरीले बताएको छ।



    प्रहरीका अनुसार मृतक गिरीको शव भित्रबाट चुकुल लगाएको अवस्था थियो । रोजिनाको अनुहारमा निल डाम रहेको प्रहरीको भनाइ छ।

    आइतबार नै शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ। उनका शवको पोस्टमार्टम रिपोर्टपछि घटनाको विवरणबारे जानकारी गराइने बेलबारी प्रहरीले जनाएको छ।

    कोठामा भित्रबाट चुकुल लगाएर लोबेडमा घोप्टो परेको अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । शरीर लोबेडमा रहेको भएपनि फेनमा सल बाँधिएको र कोठाको चुक्कुल भित्रबाट लगाएको पाइएकाले आत्महत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।

    यता, माइतीपक्षले भने रोजिनाको आत्महत्या नभइ हत्या भएको हुनसक्ने आशङ्का गरेको छ । अनुहारमा निलडाम प्रष्ट देखिएको र शरीरमा पनि डाम देखिएकाले आत्महत्या नभइ हत्या हुनसक्ने माइतीपक्षको आशङ्का छ । प्रहरीले भने झुण्डिएका कारण रगत सोहोरिएर निलडाम हुनसक्ने जनाएको छ ।

    यता रोजिनाको बहिनी पर्ने मनिशा क्षेत्रीले सामाजिक सञ्जाल फेसबुकमा रोजिनाको केही तस्विर राख्दै सासु, आमाजु र जेठानीको कुटपिटको कारण निधन भएको आरोप लगाएकी छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार