Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

यी हुन् सरकारले फिर्ता बोलाएका राजदूतहरु

काठमाडौं — प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति अन्तर्गतका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। सरकारको यो निर्णयसँगै केपी शर्मा ओलीले नियुक्ति गरेका राजदूतहरु फिर्ता हुने भएका छन्।

सरकारले फिर्ता बोलाएका राजदूतहरुमा भारत, चीन, अमेरिका र बेलायतका मार्यरत पनि रहेका छन्। फिर्ता हुने राजदूतहरूमा भारतका नीलाम्बर आचार्य, चीनका महेन्द्रबहादुर पाण्डे, अमेरिकाका युवराज खतिवडा र बेलायतका लोकदर्शन रेग्मी छन्।

सरकारको निर्णय अनुसार फिर्ता हुने मापदण्डमा कतारका नारद भारद्वाज, दक्षिण अफ्रिकाका निर्मल विश्वकर्मा, जापानकी प्रतिभा राणा, बंगलादेशका डा वंशीधर मिश्र, मलेशियाका उदयराज पाण्डे, स्पेनकी दावा फुटी शेर्पा, इजरायलकी अञ्जान शाक्य छन्।

त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाकी सासु समेत रहेकी जापान लागि राजदूत प्रतिभा राणा र ओमनकी शर्मिला पराजुली ढकालको समय यसअघि नै सकिएको थियो। तर ओलीले केही समय थपेका थिए।

उनीहरुको थपिएको समय यही महिना सकिदैँछ। त्यसैले ओली सरकारले नियुक्त नगरेका भए पनि राणा र पराजुली समयावधिका कारण फिर्ता हुने अवस्था आउन सक्छन्। उनीहरुको पद थमौती हुन सक्ने सम्भावना भने प्रवल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077