Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पर्यटकका लागि अनअराइभल भिसा खुल्यो, १० दिने क्वारेन्टाइन पनि हट्यो

काठमाडौँ । सरकारले विदेशी पर्यटकका लागि बिगत पाँच महिनादेखि बन्द रहेको अनअराइभल भिसा खुला गर्ने निर्णय गरेको छ ।

दोस्रो चरणको कोरोना भाइरसको महामारीसँगै बन्द भएको भिसा प्रकृया पुन खुला: गर्ने निर्णय भएको स्रोतले जानकारी दिएको छ।  तर यसबारे औपचारिक निर्णय भने बुधबार साँझसम्म हुने स्रोतको भनाइ छ।

स्रोतका अनुसार दुवै खोप लगाएका विदेशी नागरिकलाई सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अनअराइभल भिसा दिने निर्णय गरेको हो।  यस्तै, सरकारले विदेशी नागरिकहरुका लागि अनिवार्य गरेको १० दिने क्वारेन्टाइनको नियम पनि बन्द गर्ने निर्णय गरेको छ।

सरकारी निकट एक स्रोतका अनुसार यदि विदेशी पर्यटकहरुले खोप नलगाएको भए  ७२ घण्टे पीसीआर रिपोर्ट नेगेटिभलाई आधार मानेर पनि अनअराइभल भिसा दिने प्रावधान बनेको छ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या विस्तारै कम हुँदै गएपछि सरकारले पर्यटन व्यवसायीहरुलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077