Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आजदेखि पर्यटकका लागि अनअराइभल भिसा खुल्यो

काठमाडौँ । सरकारले विदेशी पर्यटकका लागि बन्द रहेको अनअराइभल भिसा खुला गरेको छ।

दोस्रो चरणको कोरोना भाइरसको महामारीसँगै बन्द भएको भिसा प्रकृया पुन खुला: गर्ने निर्णय भएको स्रोतले जानकारी दिएको छ।  तर यसबारे औपचारिक निर्णय भने बुधबार साँझसम्म हुने स्रोतको भनाइ छ।

यसबारे मन्त्रालयले बिहीबार ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश’ जारी गर्दै भिसा खुला गरेको जनाएको छ । सरकारले ०७६ चैतको पहिलो लकडाउन सँगै विदेशीलाई अनअराइभल भिसामा रोक लगाएको थियो ।

यस्तै, मन्त्रालयका अनुसार दुवै खोप लगाएका विदेशी नागरिकलाई सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अनअराइभल भिसा दिने निर्णय गरेको हो।  यस्तै, सरकारले विदेशी नागरिकहरुका लागि अनिवार्य गरेको १० दिने क्वारेन्टाइनको नियम पनि बन्द गर्ने निर्णय गरेको छ।

'यदि विदेशी पर्यटकहरुले खोप नलगाएको भए  ७२ घण्टे पीसीआर रिपोर्ट नेगेटिभलाई आधार मानेर पनि अनअराइभल भिसा दिने प्रावधान बनेको छ,' मन्त्रालयको०आदेशमा  भनिएको छ।

त्यस्तै स्थलगत मार्गबाट पनि अब विदेशीले नेपाल आउन पाउने छन् । उनीहरुले पनि ७२ घन्टा अघिको कोभिड नेगेटिभ परीक्षण रिपोर्ट अनिवार्य बुझाउनु पर्ने छ ।

&

[insert page='87779' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077