Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • बादल र टोपबहादुरलाई सम्झिँदा मात्रै पनि एलर्जी हुन्छ : प्रचण्ड

    बादल र टोपबहादुरलाई सम्झिँदा मात्रै पनि एलर्जी हुन्छ : प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, ७ असोज २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले प्रवेश गरेका दुई नेताहरुलाई भगौडाको संज्ञा दिएका छन् ।

    बिहीबार काभ्रेको पाँचखालमा योङ कम्युनिष्ट लिग (वाइसीएल)को नगर सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पूर्वमाओवादीका नेताहरु रामबहादुर थापा ‘बादल’ र टोपबहादुर रायमाझीले आफ्नो पार्टीलाई धोका दिएको बताए।



    ‘त्यो टोपबहादुर भन्नेलाई मैले कतिचोटी मन्त्री बनाएँ, अहिले कहाँ हेर्नुस् त । त्यो बादल अब मेरो हिजोको साथी, बढी त भन्दिनँ। सम्झिँदा पनि एलर्जी हुन्छ । ‘ प्रचण्डले भने।



    यस्तै, पूर्वप्रधानमन्त्री समेत रहेका ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी र माओवादी नेतृत्वलाई सखाप पार्न प्रतिनिधिसभा विघटन गरेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार