Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मोदी र बाइडेनबीच द्विपक्षीय भेटवार्ता , जब बाइडेनले गान्धीको सहिष्णुताको बारेमा बर्णन गरे

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच शुक्रवार द्विपक्षीय भेटवार्ता भएको छ।

कुराकानीको सुरुमा बाइडेनको भारतसँगको पारिवारिक सम्बन्धको बारेमा हास्यास्पद छलफल भएको थियो, तर त्यसपछि दुबै शीर्ष नेताहरु  दुई देशहरु बीचको सम्बन्ध एक महत्वपूर्ण मोडमा पुर्याउनेमा सहमत भए ।

मोदीले आउँदो दशक परिवर्तनकारी हुने र एकै समयमा, बाइडेनले दुबै देशहरुको सम्बन्धमा 'नयाँ अध्याय' थपिनेमा आफ्नो राय दिए।

बाइडेन अमेरिकी राष्ट्रपति बनेपछि दुई नेताबीच यो पहिलो भेट हो।

मोदीले  राष्ट्रपति बाइडेनको नेतृत्वमा भारत-अमेरिका सम्बन्धको विस्तार गर्नको लागी रोपिएको बीउ अब एक 'परिवर्तनकारी चरण' मा पुगिरहेको वताए ।

राष्ट्रपति बाइडेनले   धेरै कठिन चुनौतिको समयमा दुबै देशहरु द्विपक्षीय सम्बन्धमा एक 'नयाँ अध्याय' को शुरुवात गर्ने   वताए। यो कोभिड- १९ बाट शुरु भएको पनि वताए। ।

भारतीय प्रधानमन्त्रीले यस अवधिमा व्यापारको मुद्दा पनि उठाए।

एकै समयमा, मोदीले दुबै देश लोकतान्त्रिक मूल्य र परम्पराहरुप्रति प्रतिबद्ध रहेको वताए ।

यस क्रममा दुबै पक्षले महात्मा गान्धीको बारेमा पनि उल्लेख गरे।

जब राष्ट्रपति बाइडेनले गान्धीको सहिष्णुताको महत्वको बारेमा उल्लेख गरे, प्रधानमन्त्री मोदीले पृथ्वीको संरक्षण गर्ने गान्धीको बारेमा बोले।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077