Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • पार्टीमा आमूल परिवर्तन ल्याउन सभापति बन्न खोजेको हुँ : प्रकाशमान सिंह

    पार्टीमा आमूल परिवर्तन ल्याउन सभापति बन्न खोजेको हुँ : प्रकाशमान सिंह

    अनलाइन नेपाल
  • शनिबार, ९ असोज २०७८
  • 1.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अवसर पाएर पनि नेताहरुले काम नगरेका कारण पार्टी लथालिंग अवस्थामा पुगेको बताएका छन् ।

    आफूले पार्टीमा फर्स्ट म्यान भएर काम गर्न चाहेको बताउँदै उनले फेरि पनि पुरानै नेताहरुलाई नेतृत्व सुम्पिए कांग्रेसको हालत प्रजा परिषदको जस्तै हुने बताए ।



    काठमाडौं महानगरपालिका वडा नम्बर १७ ले शनिबार आयोजना गरेको कार्यक्रममा नेता सिंहले भने–‘उहाँहरुले डेमोक्रेसी ल्याउन त्याग, तपस्या, कुर्वानी गर्नुभएको छ । त्यसप्रति सम्मान छ । तर, अवसर पाएर पनि काम गर्न नसक्ने नेताहरुलाई राख्न मिल्दैन ।’



    आफूले लामो समय पार्टीको दोस्रो तहमा रहेर काम गरेको भन्दै उनले अब सभापति भएर काम गर्न चाहेको बताए । उनले भने–‘पार्टीमा आमूल परिवर्तन ल्याउन फस्टम्यान हुनुपर्ने रहेछ । अब चाहिँ फर्स्ट म्यान भएर पार्टीलाई संस्थागत गर्छु भनेर लागेको छु ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार