Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चीनले १००० दिन बन्धक बनाएका दुई क्यानेडियन नागरिक रिहा

काठमाडौं । चिनियाँ कम्पनी हुवावे टेक्नोलीजीजका प्रमुख मेङ वाङझोउलाई क्यानडामा पक्राउ गरेलगत्तै चीन सरकारले बन्धक बनाएका दुई क्यानेडियन नागरिकलाई रिहा गरेको छ ।

चीनले क्यानेडियन नागरिकद्वय माइकल कोभ्रिग र माइकल स्पाभोरलाई १००० दिन अर्थात् झण्डै तीन वर्षदेखि हिरासतमा राखेको थियो ।

उनीहरु शनिबार बिहानै क्यानडा पुग्ने क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडोले सञ्चारमाध्यमसमक्ष बताएका छन् । कोभ्रिग र स्पाभोरलाई २०१८ को डिसेम्बरदेखि चीनले नियन्त्रणमा राखेको थियो ।

चीनले क्यानेडियन दुई नागरिकलाई बेइजिङमा पक्राउ गरेको हो । प्रधानमन्त्री ट्रुडोले पत्रकारहरुसँग कोभ्रिग र स्पाभोरले चीनमा कठिन समयको सामना गर्नुपरेको बताएका छन्।

अन्तर्राष्ट्रिय समुदाय र सहयोगी राष्ट्रहरुले दुई नागरिकको रिहाइका लागि साथ दिएकोमा ट्रुडोले धन्यवादसमेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077