Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

हिरासत कक्षको ग्रिल तोडेर भागेका पशुपति ७८ दिनपछि पक्राउ

जनकपुरधाम । झण्डै तीन महिनाअघि इलाका प्रहरी कार्यालय लहानको हिरासत कक्षको ग्रिल तोडेर भागेका रामप्रकाश भनिने पशुपति यादवलाई शनिबार पक्राउ परेका छन् ।

लागूऔषध मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरी हिरासतमा राखिएका यादव गत असार २६ गते बिहान इलाका प्रहरी कार्यालय लहानको हिरासतकक्षको ग्रिल नै तोडेर फरार भएका थिए ।

नवराजपुर गाउँपालिका १ बस्ने ३४ बर्षीय यादवलाई आज सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका–१ मौवाहीको लच्कापुलबाट पक्राउ गरिएको सिराहा प्रहरीले जनाएको छ ।

पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय लहानमै राखेर थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077