Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चीनमा बिटक्वाइनलगायतका क्रिप्टोकरेन्सीको कारोबारमा प्रतिबन्ध

काठमाडौं । चीनमा क्रिप्टोकरेन्सीको कारोबारलाई अवैध ठहर गरिएको छ।  । पिपल्स बैंक अफ चाइनाले शुक्रबार क्रिप्टोकरेन्सी अथाएत भर्चुअल मुद्रा अवैध भएको भन्दै त्यसको कारोबारमा प्रतिबन्ध लगाएको हो।

सो बैंकले भौतिक अस्तित्व नभएका बिटक्वाइनलगायत सबै प्रकारका क्रिप्टोकरेन्सीको कारोबार र माइनिङमा बन्देज लगाएको हो। उसले भर्चुअल मुद्रासँग जोडिएका कुनै पनि कारोबार नगर्न निर्देशन पनि दिएको छ।

चीनको केन्द्रीय बैंकले भर्चुअल मुद्राको कुनै अस्तित्व नभएकाले मूल्यसमेत नहुने जानकारी दिएको छ। केन्द्रीय बैंक, धितोपत्रको नियामक निकाय तथा विदेशी विनियमको कारोबार गर्ने संस्थाहरूले भर्चुअल मुद्राको कारोबारलाई बन्देज लगाउन पहल गरेको बताइएको छ।

त्यहाँका वित्तीय संस्था, भुक्तानी तथा इन्टेरनेट कम्पनीलाई क्रिप्टोकरेन्सीसँग सम्बद्ध क्रियाकलाप नगर्न भनिएको छ। यससँगै यस्ता अभौतिक मुद्राको मूल्यमा विश्वव्यापी रूपमा गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

यसअघि चीनले सन् २०१३ र २०१७ मा पनि क्रिप्टोकरेन्सी कारोबारसँग सम्बन्धित क्रियाकलापलाई दुरुत्साहन गर्ने नीति अपनाएको थियो। चीनको पछिल्लो कदमलाई अहिलेसम्मकै कडा नीतिका रुपमा व्याख्या गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077