Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यमनको मारिबमा विद्रोही र सेनाबीच भिडन्त : कम्तीमा ५० जनाको मृत्यु

एजेन्सी । यमनको प्रमुख रणनीतिक शहर मारिबमा भएका भिडन्तमा पछिल्लो ४४ घण्टामा हुथी विद्रोही र यमेनी सरकार समर्थक सेनासहित कम्तीमा ५० को मृत्यु भएको सैनिक स्रोतले आइतबार पुष्टि गरेको छ।

तेल सम्पन्न उत्तरी क्षेत्रमा रहेको सरकारको अन्तिम गढ मारिबमाथि इरान समर्थित हुथी विद्रोहीले पुनः आक्रमण गरेपछि यस महिनामा मात्रै सयौंको मृत्यु भएको छ।

“विगत ४८ घण्टामा, ४३ हुथी लडाकुहरूको यमनमा रहेको साउदी नेतृत्वको गठबन्धन सेनाको आक्रमणमा मारिएका छन्,” मारिबको पश्चिममा रहेको सैनिक स्रोतले एएफपीलाई बताएको छ। सैनिक अधिकारीका अनुसार लडाइँमा यमनी सेना र यसलाई सहयोग गर्दै आएको स्थानीय लडाकूहरू गरी कम्तीमा सातको मृत्यु भएको छ।

मारिबलाई नियन्त्रणमा राख्नका लागि सेप्टेम्बर महिनामा भएको झडपमा मात्र करिब ४०० जनाको मृत्यु भएको जनाइएको छ। सो क्षेत्रमा भएको झडपमा सुस्ततापछि सो घटना भएको हो।

हुथीहरूले सुरुमा यस क्षेत्रको तेल स्रोतको नियन्त्रण जफत गर्ने र शान्ति वार्तामा आफ्नो स्थान सुदृढ पार्ने महत्वाकाङ्क्षासहित फेब्रुअरीमा मारिब कब्जा गर्ने आफ्नो रणनीतिसाथ आक्रमण गर्दा दुबैतर्फ ठूलो सङ्ख्यामा क्षति भएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077