Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

गाँजा नदिएको भन्दै पशुपतिका बाबामाथि खुकुरी प्रहार

काठमाडाैं । पशुपतिनाथ मन्दिर क्षेत्रमा सोमबार बिहान शौचालयतर्फ जाँदै गरेका एक बाबामाथि अज्ञात व्यक्तिले खुकुरी प्रहार गरेका छन्।

पशुपतिको विश्वरुपा मन्दिर नजिकै बस्दै आएका ३५ बर्षीय सन्तोष बाबामाथि शौचालयतर्फ जाँदै गर्दा खुकुरी प्रहार भएकाे गौशाला प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार एकजना व्यक्ति आएर बाबालाई माल (गाँजा) निकाल भनेकाे र सन्तोष बाबाले छैन भनेपछि ती व्यक्तिले खुकुरी हानेका थिए।

खुकुरी प्रहारबाट घाइते भएका सन्तोष बाबाको ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको र खुकुरी प्रहार गरेको खोजी भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077