Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेपाली सेनाबाट अवकाश भएपछि पनि फोर्स कमान्डरको जिम्मेवारी सम्हाल्दै रथी हमाल

काठमाडौं । नेपाली सेनाबाट अवकाश भएपछि पनि रथी ईश्वर हमालले जिम्मेवारी समहाल्ने भएका छन्। सिरियाको गोलनहाइटमा संयुक्त राष्ट्रसंघ (यूएन) अन्तर्गत शान्ति मिसनमा फोर्स कमान्डर रथी हमालले जिम्मेवारीलाई निरन्तरता दिने भएका हुन्।

उनी यही असोज २५ गतेबाट ५८ वर्षे उमेर हदका कारण नियमित अवकाशमा जाँदैछन्। उनको स्थानमा नयाँ रथीमा वरिष्ठ उपरथी सरोजप्रताप राणालाई बढुवा गर्ने तयारी भएको बुझिएको छ।

हमाललाई संयुक्त राष्ट्र संघले सन् २०२० को फेब्रुअरीमा फोर्स कमान्डर नियुक्त गरेको थियो। दुई वर्षे कार्यकालमा उनले १९ महिना काम गरिसकेका छन्। अब ५ महिना काम गर्न बाँकी रहेको

हमालले नेपाली सेनाबाट अवकाश पाए पनि शान्ति स्थापनामा फोर्स कमान्डरको रुपमा आफ्नो दुई वर्षे कार्यकाल नसक्दा समेत काम गर्न पाउने भएका हुन्। नेपाली सेनाको प्रस्तावमा यसअघि नै सरकारले रथी हमालको जस्तो अवस्था आए ‘नेपालमा अवकाश भए पनि विदेशमा भने उही पदलाई निररता दिने’ गरी निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077