Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘पिएसजीमा एमबाप्पे नम्बर वान हो, मेसीले उनको सम्मान र सेवा गर्नुपर्छ’

एजेन्सी – फ्रान्सका पूर्व स्ट्राइकर निकोलस अनेल्काले पेरिस सेन्ट जर्मन (पिएसजी)ले लियोनल मेसीलाई केलियन एमबाप्पृका लागि अवसरहरु प्रदान गर्ने गरी खेलाउनुपर्ने बताएका छन्।

रियल मड्रिडका पनि पूर्व स्ट्राइकर रहेका निकोलस एमबाप्पेका प्रशंसक हुन्। उनले मेसीले आफ्नो खेल्ने शैली एमबाप्पेसँग मिलाउनुपर्ने बताएका हुन्।

‘टोलीको आक्रमणको नेतृत्व एमबाप्पेले गर्नुपर्छ किनकि उ नै नम्बर वान हो,’ निकोलसले भने, ‘मेसी बार्सिलोनामा थिए। तर अहिले उनले एमबाप्पेको सेवा गर्नुपर्छ।’

एमबाप्पेले समरमा पिएसजी छाड्न सक्ने अनुमान गरिएको छ। यसबारे निकोलस जानकार रहेको बताउँछन्। ‘गतिका हिसाबमा पनि एमबाप्पे उत्कृष्ट खेलाडी हो। एमबाप्पेभन्दा राम्रो खेलाडी दुनियाँमै छैन,’ उनले भने।

‘यो स्पष्ट छ कि उनी केही फरक गर्न चाहन्छन्। यसको अर्थ पनि छ। उनी बालोन डिओरको सपना देखिरहेका छन्। तर युइएफको छैटौं उत्कृष्ट लिगमा रहेर उनले कसरी जित्न सक्छन् त?’ निकोलसले प्रश्न गरे।

एमबाप्पे ३ वर्षदेखि स्पेन वा इंग्ल्याण्डमा भएको भए उनले बालोन डीओर जितिसक्ने पनि निकोलसले जानकारी दिए। ‘मेसीमाथि कोचले भरोसा देखाउनुपर्छ। पोचेटिनोले जे गरे त्यो मेसीले बिर्सने छैनन्,’ उनले भने।

‘मेसीले मेट्जविरुद्ध खेलेनन् र मेरो लागि त्यो नै उनको प्रतिक्रिया हो। मेसीलाई त्यसरी म्यानेज गर्नुहुन्न। कोचले बलियो सन्देश दिन खोजुका हुन् तर उनी मेसी हुन्,’ निकोलसले भने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077