Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • माधव नेपालको स्वास्थ्यमा समस्या, शुक्रबारअघि मन्त्रिपरिषद् विस्तार नहुने

    माधव नेपालको स्वास्थ्यमा समस्या, शुक्रबारअघि मन्त्रिपरिषद् विस्तार नहुने

    अनलाइन नेपाल
  • मंगलबार, १२ असोज २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजपछि आजै हुने भनिएको मन्त्रिपरिषद् विस्तार फेरि आज नहुने भएको छ ।

    गठबन्धनमा आबद्ध नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ भएका कारण मन्त्रिपरिषद विस्तार नहुने भएको हो।



    यस्तै, जसपाका अध्यक्ष उपेन्द्र यादव पनि काठमाडौं बाहिर भएकका कारण मन्त्रिपरिषद विस्तारमा पुन: ढिलाई हुने देखिएको हो ।



    स्रोतका अनुसार अब आगामी बिहीबार वा शुक्रबार मन्त्रिपरिषद् विस्तार गरिने भएको छ। सरकारमा सहभागी हुन कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीले मन्त्रीहरुको टुंगो लगाइसकेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार