Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • केपी ओली लक्षित माधवको टिप्पणी – गाली सुन्न राजनीतिमा आएका होइनौँ, कसैका दास बन्दैनौँ

    केपी ओली लक्षित माधवको टिप्पणी – गाली सुन्न राजनीतिमा आएका होइनौँ, कसैका दास बन्दैनौँ

    अनलाइन नेपाल
  • सोमबार, १० बैशाख २०८१
  • 561
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको गठबन्धन सहज ढंगले अघि नबढेको टिप्पणी गरेका छन् ।

    नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले काठमाडौंमा गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले यस्तो टिप्पणी गरेका हुन् ।



    उनले कार्यक्रममा गठबन्धनमा आफूहरुले सहज नमानीरहेको बताए । यस्तै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै आफूहरु कसैको दास नबन्ने टिप्पणी गरे ।



    “गठबन्धनमा हामीले सहज मानेका छैनौँ । त्यसो गर्दा सधैं टिक्यो भने ठिकै हुन्छ, कतिन्जेल टिक्छ भन्न सकिँदैन,” उनले भने, “हामी कसैका गाली गलौज सुन्न राजनीतिमा आएका होइनौँ । कसैका दास बन्दैनौँ ।”

    नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको स्मृति दिवसमा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले च्यासलस्थित एमाले कार्यालयमा कार्यक्रम आयोजना गरेको छ।

    जारी कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत नेता सहभागी छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार