Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • राष्ट्रसेवक कर्मचारीलाई प्रोत्साहन जरुरी छ : माधव नेपाल

    राष्ट्रसेवक कर्मचारीलाई प्रोत्साहन जरुरी छ : माधव नेपाल

    अनलाइन नेपाल
  • बिहिबार, २२ चैत्र २०८०
  • 1.7K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रसेवक कर्मचारीलाई सेवा प्रवाहमा उत्साहित गर्न पुरस्कृत र दण्ड दुवै खाले नीति अवलम्बन गर्नुपर्ने बताएका छन् ।

    काठमाडौँमा आज आयोजित ‘रौतहट टाइम्स साप्ताहिक’को २६औँ वार्षिकोत्सवमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।



    उनले कुशल कर्मचारी निर्माणमा राज्यको दायित्व प्रमुख हुने बताए । गलत गर्ने कर्मचारीलाई सजाय र इमानदार कर्मचारीलाई प्रोत्साहन दिनु आवश्यक रहेको उनको भनाई छ ।



    “देश भ्रष्टाचारले ग्रस्त बन्दैछ”, अध्यक्ष नेपालले भने, “यसमा राज्य प्रशासनकै कमजोरी छ ।” प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष अर्थतन्त्र उकास्ने खालका नीति ल्याउन पटक–पटक छलफल गर्दैआएको उनले जिकिर गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार