Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • समाजवादी क्रान्तिको कार्यभार पूरा गर्ने माधव नेपालको दाबी

    समाजवादी क्रान्तिको कार्यभार पूरा गर्ने माधव नेपालको दाबी

    अनलाइन नेपाल
  • आइतबार, १३ फाल्गुन २०८०
  • 387
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह आफ्नो पार्टी भएको बताएका छन् ।

    आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले जनतालाई गरिबीबाट मुक्त बनाउनु पर्नेमा जोड दिए ।



    उनले भने, “जति पनि कम्युनिष्ट पार्टी छन् ती कम्युनिष्ट पार्टीले समाजवादी क्रान्ति पूरा गर्न सकेका छैनन्, आफ्नो पार्टी समाजवादी क्रान्तिको कार्यभार पूरा गर्ने सङ्कल्पका साथ अघि बढेको छ ।”



    अध्यक्ष नेपालले मुलुकको समग्र राजनीति र वाम आन्दोलनमा ठूलो चुनौती रहेको उल्लेख गर्दै नेकपा एकीकृत समाजवादीजस्तो क्रान्तिकारी पार्टीले मात्रै ती चुनौतीको सामना गर्न सक्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार