Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

छोराले दलित युवतीसँग बिहे गरेको भन्दै आमाबाबुलाई दाहसंस्कारबाट बञ्चित, ५ जना पक्राउ

पोखरा । प्रहरीले अछूत भएको भनी दाहसंस्कारबाट बञ्चित गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ। छोराले दलित युवतीसँग बिहे गरेको भन्दै आमाबुबालाई दाहसंस्कारबाट वञ्चित गराएका ५ जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा पोखरा–२७ अर्चलेका ५ का रमा घमाल क्षेत्री, रेशम भुजेल, सरिता भुजेल, भीमबहादुर भुजेल र शिव भुजेल रहेका छन्। उनीहरूलाई पाँच दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ।

उनीहरुले छोरा अमृतले दलित युवती बिहेको गरेको भन्दै उनकी आमा राधिका भुजेल, र बाबु कृष्णबहादुरलाई अमृतको हजुरआमाको किरिया गर्न दिएका थिएनन्। भदौ १८ मा अमृतकी हजुरआमाको निधनपछि बुबा कृष्णबहादुर र आमा राधिकालाई सामूहिक किरियाकर्मबाट समेत वञ्चित गराइएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077