Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उत्तर कोरियाले मिसाइल हानेपछि पश्चिमा देशहरुमा आतंक

एजेन्सी । उत्तर कोरियाले मिसाइल हानेपछि अमेरिकासहित पश्चिमा देशहरुमा आतंक फैलिएको छ । उत्तर कोरियाले मंगलबार हानेको मिसाइलबारे खुलासा गर्दै आफूले हानेको मिसाइल ‘हाइपरसोनिक मिलसाइल’ भएको बताएपछि पश्चिमा देशहरुमा आतंक फैलिएको हो।

उत्तर कोरियाका अनुसार उक्त हाइपरसोनिक प्रविधिको मिसाइल निकै उन्नत र अत्याधुनिक प्रविधि हो । यो प्रविधिबाट बनेका मिसाइल अहिलेसम्म रुस, चीन र अमेरिकासँग मात्र रहेका छन्। तर, यसअघि  यी देशहरुले पनि यही वर्ष २०२१ मा मात्र हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेका थिए ।

पेन्टागनका अनुसार अमेरिकाले गत हप्ता मात्र हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको थियो । यस्तोमा अमेरिकाले हाइपरसोनिक मिसाइल बनाएको एक हप्तामै उत्तर कोरियाले पनि हाइपरसोनिक मिसाइलको सफल परीक्षण गर्नु पश्चिमा देशहरुको लागि ठूलो चुनौती मान्न सकिन्छ।

उत्तर कोरियाले मंगलबार सफल परीक्षण गरेको हाइपरसोनिक मिसाइलको नाम होसोंग–८ भनेको छ । उत्तर कोरियाको सरकारी मिडिया केसीएनएका अनुसार यो मिसाइल उसको पञ्चवर्षीय सैन्य योजनाको नयाँ हतियार प्रणाली अन्तर्गत बनेका पाँच सबैभन्दा महत्वपूर्ण हतियारमध्ये एक हो । केसीएनएले यो नयाँ मिसाइललाई रणनीतिक हतियार भनेको छ ।

यो एक महिनाभित्र मात्रै उत्तर कोरियाले नयाँ किसिमको एक क्रुज मिसाइल र एउटा ब्यालेस्टिक मिसाइलको परीक्षण गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077