Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अनाथालयको नाममा दिदीबहिनीको ठगी धन्दा, रकम संकलन गर्दैगर्दा पक्राउ

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अनाथालयको नाममा सहयोग माग्दै ठगी गरेको आरोपमा दुई दिदीबहिनीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पश्चिम नवलपरासी घर भएका २२ वर्षीया शान्ति पौडेल र उनकी १७ वर्षीया बहिनी रहेकी छिन्।

जिल्लाको बाणगंगा नगरपालिका १ वैरियामा रकम संकलन गरेको अवस्थामा स्थानीय व्यवसायीले शंका लागेपछि प्रहरीलाई खबर गरेका थिए । पक्राउ परेकाहरूबाट संयुक्त नेपाल अनाथ तथा असहाय बालबालिका समाज काठमाडौंको सहयोग रसिदसमेत फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार  सम्बन्धित संस्थामा फोन सम्पर्क गरेपछि उनीहरुले नक्कली रसिद बनाएर सहयोग संकलन गरेको खुलेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077