Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मुख्यमन्त्रीको कार्यालयमा अख्तियारले छापा हान्नुको कारण के हो ?

जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।कार्यालयले संचालन गरेको साइकल वितरण कार्यक्रममा अनियमितता भएको भन्ने उजुरीको आधारमा अख्तियार कार्यालय बर्दिबासको टोलीले छापा हानेको हो।

बुधबार आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले मुख्यमन्त्रीको कार्यालयले सञ्चालन गरेका योजना तथा कार्यक्रमहरुको प्रमाणित कागजात नियन्त्रणमा लिएको जनाएको छ।

प्रदेश–२ सरकारले छोरीहरू विद्यालय पठाउने कार्यलाई उत्प्रेरित गर्न ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । त्यो कार्यक्रमअन्तर्गत बालिकाहरूलाई साइकल वितरण गरिन्छ । यसै साइकल खरिद तथा बितरणमा अनियमितता भएको भन्ने उजुरी परेको अख्तियारले जनाएको छ।

उजुरीपश्चात आयोगले अनुसन्धानका लागि आवश्यक कागजातहरु माग गर्दा कार्यालयले प्रमाणित कपी नपठाएकोले बाध्य भएर छापा मारिएको अख्तियारले बताएको छ।प्रदेश २ सरकारले २०७५ साल मंसिरबाट ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077