Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

भ्वाइस अफ नेपालका विजेता किरणलाई नेपाल प्रवेशमा रोक, एयरपोर्टबाटै अमेरिका फर्काइयो

काठमाडौं । नेपालमा एक कार्यक्रमका लागि सहभागी हुन आएका ‘द भ्वाइस अफ नेपाल’का विजेता किरण गजमेरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ।

विमानस्थल अध्यागमन कार्यालयले सोमबार किरणलाई ‘इन्ट्रि रिफ्युज’ गर्दै आएकै विमानमा फिर्ता पठाएको हो। स्रोतका अनुसार उनी कतार एयरवेजमार्फत आएका थिए।

पर्यटक भिसाबापत एक वर्षमा बस्न पाउने अवधि किरणले यसअघि नै पूरा गरिसकेकाले उनलाई प्रवेश नदिइएको विमानस्थल अध्यागमन स्रोतले जनाएको छ। नेपालमा पर्यटक भिसामा एक क्यालेन्डर वर्षमा बढीमा ६ महिनासम्म बस्न पाइन्छ।

महामारीका बेला यो समयलाई ७ महिनासम्म पु¥याइएको थियो। द भ्वाइस अफ नेपालमा सहभागी हुँदा किरण नेपालमा लगातार २ सय ७० दिन बसेको अध्यागमन स्रोतले जनाएको छ। उनी अमेरिका बस्दै आएका छन्। पूर्व भुटानी शरणार्थी किरण तेस्रो मुलुकमा पुनर्वासपछि परिवारसहित नेपालबाट अमेरिका पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077