Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

मन्त्रालयको भागवण्डा छिट्टै टुंगिने प्रचण्डको दाबी, यी हुन् माओवादीबाट मन्त्री बन्ने नयाँ अनुहारहरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मन्त्रालयको भागवण्डा आजभोलि नै टुंगिने दाबी गरेका छन् ।

बिहीबार सहिद प्रतिष्ठान नेपालको १२औं वार्षिक उत्सव कर्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो दाबी गरेका हुन्।

‘अर्थ र उर्जा मन्त्रालय लिइसकेका छौं, प्रचण्डले भने, 'अरु मन्त्रालय आजभोलि नै टुंगिदैछ।’ प्रचण्डका अनुसार यसअघि मन्त्री नभएकालाई पार्टीले प्राथमिकतामा राखेको छ । जसमा स्थायी समिति सदस्य देवेन्द्र पौडेल मन्त्री हुने पहिलो लिस्टमा रहेको उनीनिकट स्रोतको दाबी छ।

यस्तै, अर्का स्थायी समिति सदस्य नारायणकाजी श्रेष्ठ पनि सरकारमा जान खोजेका थिए । तर, प्रतिनिधिसभा चुनाव हारेका कारण उनी सरकारमा गए नराम्रो सन्देश जाने भन्दै माओवादीले अञ्जना विशंङखे र शशी श्रेष्ठमध्ये एक जनालाई अगाडि सारेको छ।

यसैगरी सबै समुदाय र भूगोलको प्रनिधित्व गराउनुपर्ने कुरालाई आत्मसाथ गर्दै माओवादीले सुदन किराती, महेश्वर गहतराजलाई पनि मन्त्री बनाउने तयारी गरेको छ । यता मधेशी र थारु समुदायबाट भने अमनलाल मोदी र सन्तकुमार चौधरी पनि मन्त्रीको लाइनमा रहेको स्रोतको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077