Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानसेनापति शर्मा र संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधिबीच भेटवार्ता

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि सारा बेसोलो न्यातिनीबीच ​शिष्टाचार भेट भएको छ ।

बिहीबार जङ्गी अड्डामा भएको भेटवार्तामा संयुक्त राष्ट्रसंघमा नेपाली सेनाको सहभागितालगायत अन्य द्विपक्षीय महत्वको विषयहरुमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ

यस किसिमको भेटवार्ताले नेपाली सेना र संयुक्त राष्ट्रसंघबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास लिएको सेनाले जनाएको छ ।

आवसीय प्रतिनिधिले राष्ट्रसंघीय मिसनमा शान्ति स्थापनार्थ नेपाली सेनाले खेलेको भूमिकाको प्रशंसा गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077