Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

उपभोक्ता ठग्दै भाटभटेनी, चिनी र तेललगायत खाद्यवस्तुमा कालोबजारी

भक्तपुर । भक्तपुरको राधेरोधस्थित भाटभटेनी सुपर मार्केटले ब्यापक कालोबजारी गरिरहेको भेटिएको छ। बिहीबार जिल्ला प्रशासन कार्यालय भक्तपुरले गरेको बजार अनुगमनको क्रममा सुपरमार्केटले अनियमितता गरेको पाइएको हो।

सुपरमार्केटले चिनी तथा खाने तेलमा २० प्रतिशतभन्दा बढी नाफा लिएको पाइएको हो। जसमा धारा तेलको मुल्य अचाक्ली धेरै प्रतिलिटरसम्म ३३५ लिने गरेको पाइएको छ।

यस्तै, अनुगमन टोलीले मूल्यसूचि नभएको, खरिद बिल देखाउन नसकेको हुनाले उपभोक्ता संरक्षण ऐन बमोजिम कारवाही गर्ने जनाएको छ। यसैगरी टोलीले भाटभटेनीमा रहेको तरकारीमा पनि तौल नपुगेको तथा महँगोमा तरकारीहरु बेच्न राखेको भन्दै सम्झाईबुझाई समेत गरेको जनायो।

दशैंपर्व नजिकिएसँगै खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुहरुमा मूल्यवृद्धि भएको उपभोक्ताहरुको गुनासो आएको भन्दै प्रशासनले बजार अनुगमन शुरु गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077