Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पशुपतिको बाबामाथि खुकुरी हान्ने व्यक्ति पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले पशुपतिमा बाबामाथि खुकुरी प्रहार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको जगतपुर घर भएका ३७ वर्षीय ताराबहादुर लामिछाने रहेका छन्।

प्रहरीका अनुसार उनले केही दिनअघि पशुपतिको विश्वरुपा जाने बाटो छेउमा सन्तोष भन्ने बाबालाई खुकुरी प्रहार गरेर फरार रहेका थिए। उनलाई आज काठमाडौँको बूढानीलकण्ठस्थित हेपाली हाइटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनका साथबाट घटनामा प्रयोग भएको खुकुरी र झोला बरामद भएको महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंहले बताए।  खुकुरी प्रहारबाट घाइते भएपछि बाबालाई वीर अस्पतालमा उपचारको लागि लगिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077